
काठमाडौँ । माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल ग¥यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो ।
यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छभने भूटान उपविजेता बनेको छ ।
यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच भदौ ९ गते प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेश भिड्नेछन् । त्यो खेल भने भदौ १० गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न