
काठमाडौँ । इरानका नवनियुक्त विदेशमन्त्री अब्बास अराग्चीले युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञसँग टेलिफोन वार्तापछि द्विपक्षीय समस्या समाधानका लागि वार्ता गर्न आह्वान गरेका छन् ।
‘इस्लामिक गणतन्त्र इरानले पारस्परिक सम्मानमा आधारित वातावरणमा युरोपेली संघसँगको सम्बन्धविकासको स्वागत गर्दछ’ अराग्चीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । हालैका वर्षहरूमा युरोपेली सङ्घ र इरानबीचको सम्बन्ध बिग्रिएको छ ।
तेहरानले आफ्नो आणविक गतिविधिमा लगाम लगाउन असफल भएको, प्यालेस्टाइनी लडाकू समूह हमासलाई सहयोग गरेको, युक्रेनमा रूसको युद्धलाई समर्थन गरेको र मानवअधिकार उल्लङ्घन गरेको आरोप ईयू लगाएको छ । अराग्चीले भन्नुभयो– ‘सम्बन्धको विकासका लागि दुई पक्षबीचको समस्या समाधान गर्न र युरोपेली देशहरूको भ्रामक नीतिको सुधारगर्न संवादको आवश्यक पर्छ ।’
यसैबीच, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा आफूले आफ्ना इरानी समकक्षीसँग ‘पारस्परिक हितका सबै फाइलमा नयाँ संलग्नताका सम्भावनाबारे’ छलफल गरेको बताउनुभएको छ ।
छलफलमा युक्रेन र आणविक अप्रसारविरुद्ध रूससँगको सैन्य सहयोगलाई रोक्नुका साथै तनाव कम गर्ने र संयमता अपनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।बोरेलले क्षेत्रीय तनाव कम गर्न यस्तो ‘महत्वपूर्ण वार्ता’ आवश्यक रहेको बताउनुभएको छ ।
तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनिया र बेरुतमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएपछि इरान र उसको लेबनानी सहयोगी हिजबुल्लाहले इजरायलविरुद्ध प्रतिशोधको धम्की दिएका थिए । बुधबार पदभार ग्रहण गरेका अरागची पश्चिमा मुलुकप्रतिको खुलापनका लागि चिनिनुहुन्छ ।
उहाँले सन् २०१५ मा इरानको तर्फबाट मुख्य आणविक वार्ताकारको रूपमा काम गर्नुभएको थियो । उहाँले इरानको आणविक गतिविधिलाई नियन्त्रणको लागि एक सम्झौतामा पुग्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता रद्द गर्नुभएको थियो भने सन् २०२२ देखि यसलाई पुनर्जीवित गर्ने प्रयास भएपनि अहिलेसम्म असफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’