+

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो

दमौली  । भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको छ । 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस पृथ्वीराजमार्ग अन्र्तगतको आँबुखैरेनी आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट शुक्रबार दिउँसो मस्र्याङ्दी नदीमा खसेको हो । 

भारतीय नम्बर प्लेटको  बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभएको । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका छन् । यात्रुको सङ्ख्या भने एकीन हुन सकेको छैन । 

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट