+

बाढीले कञ्चनपुरमा करोडौँको क्षति

कञ्चनपुर ।  कञ्चनपुरमा बाढीबाट १ अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा त्यो रकम बराबरको क्षति भएको हो । ‘बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ । जिल्लाभर १ अर्ब ५७ करोड १० लाख २१ हजार ४ सय २९ रुपैयाँ मूल्य बराबरको क्षति भएको छ’ निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भन्नुभयो । 

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार ५ सय ४६ रुपैयाँ बराबरको क्षति भएको छभने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा  २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा २ करोड ३२ लाख ५२ हजार ९ सय, सडक डिभिजन कार्यालयमा ३ करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ ७ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा  २२ लाख, जनताको तटबन्ध कार्यालयको  ४७ करोड ४२ लाख ८३ हजार ९ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको  ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा  एक करोड २३ लाख ९१ हजार गरी जम्मा  एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ रुपैयाँ बराबरकोे क्षति भएको छ । बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो । 

असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन । भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट