
तनहुँ । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ ।
कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ । उहाँले त्यही अवधिमा ८ दशमलव ५ किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिनुभयो ।
त्यस अवधिमा ८ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य थियो भने ४ दकिलोमिटर ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकामा तीन दशमलव पाँच किलोमिटर ट्रयाक निर्माण भएको शर्माले बताउनुभयो । उहाँका अनुसार ८ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखिएकामा ८ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।
इन्जिनियर शर्माले विगतका वर्षमा खसेका दुई ठूला पहिरामध्ये पृथ्वीराजमार्गअन्तर्गत साँखर पहिरा रोकथामका लागि ठेक्का व्यवस्थापन गरिएकामा निर्माणकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । गोरखाको घ्याम्पेसालअन्तर्गत कोखे आहालेको पहिरा रोकथामसम्बन्धी निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ ।
सडक डिभिजन कार्यालयका लागि आर्थिक वर्षमा पुँजीगततर्फ ४३ करोड ४७ लाख रुपैयाँ विनियोजन भएकामा ३९ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । कार्यालयमार्फत बिर्ता हुँदै भानु नगरपालिका–६ टुहुरेपसल–अर्चले भञ्ज्याङ–रम्घाटार– मनटेहटिया सडकका लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन भएकामा ४० प्रतिशत भौतिक र ३५ प्रतिशत प्रगति भएको छ ।
श्रृङ्गपथ–गाईघाट–ऋषिङ–चापाकोट–गल्याङ सडकको पोखरीछापबाट कटहरे हुँदै मोहमी खण्डका लागि ५० लाख रुपैयाँ विनियोजन भएकामा शतप्रतिशत भौतिक र ९९ दशमलव चार प्रतिशत वित्तीय प्रगति भएको छ । खैरेनीटार–भिमाद–भूमरीघाट–कावासोती सडकका लागि ३ करोड रुपैयाँ विनियोजन भएकामा शतप्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।
भिमाद–रामपुर–मित्याल–आरुङखोला सडकको भिमाद रामपुर सडकका लागि ३ करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ८६ प्रतिशत वित्तीय प्रगति भएको छ । नौबिसे–मुग्लिन–पोखरा सडकका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएकामा १ सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको त्यस कार्यालयले जनाएको छ ।
बागीश्वरी मार्गका लागि रु दुई करोड ५२ लाख ६८ हजार विनियोजन भएकामा शतप्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै व्यास बुद्धर्सि मार्गका लागि रु ७० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सेतीगण्डकी पुलका लागि १ करोड ६६ लाख ४२ हजार रुपैयाँ विनियोजन भएकामा ९४ प्रतिशत भौतिक र ९४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । त्रिशूली नदी पुलका लागि ८९ लाख ३० हजार रुपैयाँ विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । मस्र्याङ्दी नदीमा मोटरेबल पुलका लागि ८९ लाख ३० हजार रुपैयाँ विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
चालु आवका लागि ७३ करोड
इन्जिनियर शर्माका अनुसार सडक डिभिजन कार्यालयका लागि चालु आवमा ७३ करोड ८२ लाख ८३ हजार रुपैयाँट विनियोजन भएको छ । स्थानीय सडक पुल निर्माणका लागि २ करोड ८० लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि ३२ करोड ६८ लाख ८३ हजार रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापनाका लागि १ करोड ३५ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि १ करोड ६२ लाख, सडक तथा ट्राफिक सुरक्षाका लागि ७० लाख र सडक बोर्ड नेपालअन्तर्गत ७ करोड ९४ लाख रुपैयाँ विनियोजन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न