
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो । नेपालको दुई खेलमा ६ अङ्क भएको छ ।
यस हारसँगै बङ्गलादेश पनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेशलले तीन अङ्क बटुलेको छ । श्रीलङ्का भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो ।
नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान एक एक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेलको १७औँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । नेपालका समिरले नेपाललाई पहिलो अग्रता दिलाएका हुन् । त्यसपछि खेलको १९औँ मिनेटमा नेपालका अर्का खेलाडी निराजनले एक गोल थपे । उनले अभिनाश स्याङ्तानको क्रसमा गोल गरेका हुन् ।
त्यस्तै खेलको ४३औँ मिनेटमा बङ्गलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमार्फत एक गोल फर्काए । नेपालका राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले बङ्गलादेशलाई पेनाल्टी दिएको थियो ।
खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने निकै प्रयास गरे पनि सफल हुन सकेनन् र अन्ततः खेल २–१ मा सम्पन्न भयो । समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेल भोलि हुनेछ । जसमा भारत र माल्दिभ्स आमने सामने हनुेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’