
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद लामिछानेले सरकारले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद राख्ने विधेयकप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो– ‘भ्रष्टाचारको कुनै पनि हदम्याद मान्य हुनेछैन । यस विषयमा ‘नो इफ, नो बट’ हाम्रो कुरा ‘क्लियर कट’ ।’ सरकारले नीतिगत भ्रष्टाचारको विषयमा परिभाषा समेत प्रस्ट पार्नुपर्ने सभापति लामिछानेले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले आफ्नो पार्टी भ्रष्टाचारीलाई छुट दिनु हुँदैन भन्नेमा प्रस्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो– भ्रष्टाचारीलाई छुट दिनु हुँदैन । हदम्याद राख्नु हुँदैन भन्नेमा हामी प्रस्ट छौँ ।’
नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले देशमा ८२ प्रतिशत स्थानमा बस्ती प्राकृतिक विपत् ग्रस्त क्षेत्र भएको उल्लेख गर्दै विपत्मा भूकम्पबाट पीडित जाजरकोटवासीलाई तुरुन्तै अस्थायी आवासको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरु सुमना श्रेष्ठ, राजकिशोर यादव, सुशीला थिङ, सरस्वती बजियम, रामकुमार राई, अम्रेसकुमार सिंह, शङ्कर भण्डारी, प्रेमबहादुर महर्जन, ईश्वरबहादुर रिजाल, मैना कार्की, अब्दुल खान, रामहरि खतिवडा लगायतले विपत् व्यवस्थापन र सवारी दुर्घटना जोखिम न्यूनीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’