
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहाको दक्षिणी सिमनामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले त्यही ठाउँमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आजको बैठकको आकस्मिक समयमा सांसद दाहालले निर्माणाधीन पुल भासिएको घटनाको अनुसन्धान गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । निर्माणाधीन पुल भासिँदा त्यस क्षेत्रका २० लाख नागरिकले सास्ती पाइरहेका उहाँले उल्लेख गर्नुभयो । ‘स्थानीय जनप्रतिनिधि र जनताले पुल निर्माणका लागि बारम्बार पहल गर्दा सुनुवाइ नभएपछि यही भदौ ४ गतेदेखि १० जना युवाले मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि अनशन बसिरहेकाले तत्काल पुनः निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु’ उहाँले भन्नुभयो ।
तीस किलोमिटरको दूरी पार गर्न अर्को एक सय किलोमिटर हिँड्नुपर्ने वा भारतीय सीमाना हुँदै आउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सांसद दाहालले कमला नदीमा निर्माणाधीन पुल भासिएकाले सोको छानविन गर्न माग गर्नुभयो । कमला नदीमा पुल बनाउन २०६८ साल मङ्सिरमा पप्पु लुम्बिनी बिल्डर्स र जेभी कन्स्ट्रक्सनसँग २४ करोड ९१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडा पुल साढे तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको उल्लेख गर्दै सांसद दाहालले समय थप्दै लगेर १० वर्षसम्म निर्माण हुन नसकेको समेत जानकारी गराउनभुयो । स्थानीय जनताको विरोधपछि मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र दिइएको उल्लेख गर्दै उहाँले पुल निर्माण नहुनुका कारणसहित स्पष्टीकरणसमेत सोधिएको बताउनुभयो ।
जनताको विरोधपछि हुलाकी सडक निर्देशनालयले जेभी कन्स्ट्रक्सनलाई हटाएर ठेक्काको सम्झौता लुम्बिनी कन्स्ट्रक्सनलाई दिएको बताउँदै सांसद दाहालले भन्नुभयो– सम्झौताअनुसार पप्पु लुम्बिनी बिल्डर्सले सम्झौताअनुसार २०७८ असार १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर त्यस अवधिसम्म पनि पूरा हुन सकेन । निर्माणाधीन अवस्थामा रहेको पुल २०७८ असारमा भासिएर काम नलाग्ने अवस्थामा पुग्यो । यसबारे सत्यतथ्य रुपमा छानबिन गर्नु आवश्यक छ ।’
पुल निर्माणका लागि गरिएको डिजाइन नै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै सांसद दाहालले त्यसको छानविन कसले गर्ने भनी प्रश्न गर्नुभयो । उहाँले भासिएको पुलको निर्माण र मर्मत गर्ने सम्भावना नरहेको जनाउँदै त्यस स्थानमा नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’