
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न १ हजार ९ सय ३० दशमलव ९८ हेक्टर ( १ हजार ४ सय २५ बिघा) जग्गा नापजाँच गरिएको छ । नगरपालिकाको भूमि सेवा केन्द्रका प्रमुख मोहन फुलाराका अनुसार नगरपालिका–१, २, ३, ९ र १२ नम्बर वडामा जग्गा नापजाँच गरिएको हो ।
वडा नम्बर १ मा दुई हजार आठ सय ५० कित्ता जग्गाको तीन सय ५० दशमलव ५८ हेक्टर (पाँच सय १८ बिघा) नापजाँच गरिएको छ । वडा नम्बर २ मा एक हजार पाँच सय ५० कित्ता जग्गाको एक सय ९४ दशमलव ८३ हेक्टर (दुई सय ८७ विघा), वडा नम्बर ३ को ६ सय ४० कित्ता जग्गाको ९४ दशमलव ३१ हेक्टर (एक सय ३९ विघा) वडा नम्बर ९ को एक हजार एक सय कित्ताको एक सय २६ दशमलव ७७ हेक्टर (एक सय ८७ बिघा) र वडा नम्बर १२ को दुई हजार एक सय ७६ कित्ताको एक सय ९९ हेक्टर (दुई सय ९४ बिघा) जग्गा नापजाँच गरिएको छ ।
वडा नम्बर ५ मा अपूरो जग्गा नापजाँच पूरा गरी ८३ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको शाखा प्रमुख फुलाराले बताउनुभयो । आयोगले नापजाँच स्थगित गर्दा केही महिनादेखि नापजाँच हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
‘विगतमा भूमि आयोगबाट भएका अधुरा जग्गा सम्बन्धी कामको ‘फिल्ड भेरिफिकेसन’ केही पूरा भएको छ’ उहाँले भन्नुभयो– ‘केही अझै हुन बाँकी छ, नयाँ आयोग गठन भई कार्य सञ्चालन भएमा जग्गा नापजाँचसँगै अधुरा काम पनि अगाडि बढाउछौँ ।’
नगरपालिकाका १२ वटै वडाका ११ हजार चार सय ८९ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन् । बसोबासका लागि निवेदन दिनेमा भूमिहीन दलित एक सय ९३ र भूमिहीन सुकुम्वासी एक सय ५४ छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न