
रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन् ।
बुधबार राति धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका हुन् । घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । त्यही घर भत्किँदा बाख्रा मरेका हुन् ।
घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिनुभयो । घरपरिवार अस्थायी आवास (टहरो) मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’