
चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउने गाउँस्थित ठूलो छाँगा आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा परेको छ ।
बलेफी गाउँपालिकाको पहलमा ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ गरिन थालिएपछि आन्तरिक पर्यटकको रोजाइमा परेको हो । पहिले छाँगामा पुग्नै आँट नआउने स्थानीयवासी प्रितमकुमार तामाङ अहिले आफैँ क्यानोनिङ र रक क्लाइम्बिङमा रमाउने गर्नुभएको छ । ‘पहिला जान निकै डर लाग्थ्यो अनि जान्दिन थिएँ, अहिले आफैँले क्यानोनिङ र रक क्लाइम्बिङ गर्न पाउँदा निकै खुशी छु’ उहाँले भन्नुभयो ।
बलेफी–३ मा रहेको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङको सपना प्रितमलेनै गाउँवासीलाई सुनाउनुभएको थियो । पाँच वर्षअघि सुन्दरीजलको जङ्गलभित्रको झरनामा क्यानोनिङ फेस्टिभलमा पुग्नुभएको प्रितमले गाउँको ठूलो झरनामा यस्तै गर्न पाए हुने भन्ने सोच्नुभएको थियो । अहिले स्थानीय सरकारसामु उहाँले त्यसको प्रस्ताव राखेपछि गाउँपालिकाले यसको पहल थालेको उहाँ बताउनुहुन्छ ।
क्यानोनिङ र रक क्लाइम्बिङमा सहभागी हुने गरेका स्थानीयवासी आसिम तामाङ पनि निक्कै खुशी हुनुहुन्छ र शुरुमा डोरीको सहायताले झरनाबाट झर्नुपर्ने सुनेर आफू डराएको उहाँले अनुभव सुनाउनुभयो । ‘निकै डर लागेको थियो तर प्रशिक्षकबाट यसबारे जानकारी पाएपछि आत्मबल बढ्यो अनि क्यानोनिङ र रक क्लाइम्बिङ दुवै गरेंँ’ उहाँ भन्नुहुन्छ । बलेफीको आव २०८०/८१ मा विनियोजन गरेको तीन लाख ५० हजार बजेटबाट सोही झरनामा यससम्बन्धी आधारभूत पूर्वाधार तयार गरिएको वडाध्यक्ष रितेश तामाङले जानकारी दिनुभयो ।
ठूलो छाँगामा क्यानोनिङका लागि तीन स्तरको झरना रहेको छ । वडाध्यक्ष तामाङका अनुसार माथिल्लो झरना (अर्थात पहिलो) करिब ९ मिटरकोशमा आधारभूत अर्थात सिकारुलाई सिक्न, बीचको करिब १२ मिटरको झरनामा सिकेर केही जान्नेलाई र तल्लो अर्थात तेस्रो झरनामा करिब १७ मिटरकोमा एड्भान्सहरुका लागि छुट्याइएको छ ।
ठूलो छाँगा क्यानोनिङ र रक क्लाइम्बिङका लागि उत्कृष्ट गन्तव्य बनेपछि गाउँपालिकाले स्थानीय १० युवाहरुलाई यससम्बन्धी दुई दिने आधारभूत तालिमसमेत दिएको छ । ३ जना प्रशिक्षक फिल्डमै पुगेर क्यानोनिङ र रक क्लाइम्बिङ गर्दा अपनाउनुपर्ने सुरक्षा नियम, डोरी लगाउने तरिकादेखि झरनामा झर्ने र चड्ने उपयुक्त तरिका सिकाएका छन् ।
शुरुमा प्रशिक्षकको टिम र प्रशिक्षार्थीको टिमले ३ वटै झरनामा सफलतापूर्वक क्यानोनिङ र क्लाइम्भिङ गरेका थिए । अहिले यहाँ क्यानोनिङ र रक क्लाइम्बिङ गर्न आउनेहरुको चासो बढेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङले ठूलो छाँगा साहसिक खेलको केन्द्र बनाउन निरन्तर लागिरहेको बताउनुभयो । पालिकाभित्र रहेको यस्तै स्थानमा पूर्वाधार निर्माण गर्न सके काठमाडौँबाट करिब ८५ किलोमिटर मात्र रहेको यो स्थानलाई अझै प्रवद्र्धन गर्न सके स्थानीयका लागि आर्थिक उपार्जन र रोजगारीको केन्द्र बन्न सक्ने उहाँको विश्वास छ । अहिले बलेफीवासी र गाउँपालिका यसको प्रचार, संरक्षणमा जुटेको छ । पर्यटनबाट समृद्ध बलेफी निर्माणमा सघाउ हुने विश्वाससहित पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले जोड दिएको हो ।
अध्यक्ष गङ्गाबहादुर तामाङले बलेफीभित्र यस्तै थुप्रै पर्यटकीय सम्भावना भएका स्थान रहेकाले ती स्थानहलाई प्रवद्र्धन गर्न लागिपरेको बताउनुभयो । उहाँले बलेफीमा अब साहसिक खेल -याफ्टिङसँगै क्यानोनिङ र रक क्लाइम्भिङ पनि थपेकोमा खुशी व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न