
सुनसरी । वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ ।
धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको छ ।
नगरप्रमुख रमेश कार्कीले सूर्यकुण्ड क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षण पालिकामात्र नभइ समाजका सबै वर्गको दायित्व भएकोे बताउँदै बराहक्षेत्र मन्दिर, साथै बराहक्षेत्र–१ स्थित औलिया मठलगायत संरचनामा सरसफाइ गरिएको जानकारी दिनुभयो ।
सम्पदा संरक्षण एवं मठमन्दिरको नियमित रूपमा सरसफाइ गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । ‘सूर्यकुण्ड क्षेत्रको विकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेको छ नगरप्रमुख कार्कीले भन्नुभयो ।
नगरप्रमुख कार्कीको संयोजकत्वमा गठित संरक्षण एवं सरसफाइ समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, बराहक्षेत्र–१ का वडाअध्यक्ष किसन मगर, बराहक्षेत्र–७ का वडाअध्यक्ष कपिल आचार्य, वडाका जनप्रतिनिधि, कर्मचारी मिलन केन्द्र, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि सदस्य हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’