+

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

नवलपुर । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपुरको बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो । 

पहिरो हटाउने काम साँझसम्म सकिएपछि सडकमा यातायात सञ्चालन भएको  प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । पानी पर्न बन्द भएपछि सडक मर्मत शुरु गरिएको थियो ।  

कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपुरमा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट