
चितवन । रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सिमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त साझेदारीमा सो बस्तीमा खानेपानीको धारा जडान गरिएको हो ।
आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बञ्चित २४ माझी मुसहर घरधुरीलाई खानेपानीको मिटरसहित धारा जडान गरिएको वडा नं ७ का वडाध्यक्ष सजना महतोले जानकारी दिनुभएको छ। उहाँले वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५० प्रतिशत लगानी तथा नगरपालिकाबाट जडान सामग्रीको सहयोगमा धारा जडान गरिएको बताउनुभयो ।
उहाँले वडा नम्बर ७ मा दुई सय ५० धारा जोडिसकिएको र हाल २४ धारा जोडिएको जानकारी दिनुभयो । सीमान्तकृत माझी मुसहर समुदायको न्यूनतम आवश्यकता पूरा गर्न वडा कार्यालय सधैँ प्रतिबद्ध रहेको उहाँको भनाइ छ । रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशतसम्म अनुदान दिँदै आएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकार र सामुदायिक वनसँग सहकार्य गरी विभिन्न समुदायलाई शतप्रतिशत अनुदानमा धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको सङ्ख्या चार सयको हाराहारीमा पुगेको बताउनुभयो ।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले मुसहर समुदायको विकासको लागि सामुदायिक वनले धेरै कुरामा सहयोग गर्दे आएको बताउनुभयो । उहाँले यहाँको बालबालिकालाई विद्यालयमा बालकक्षा सञ्चालन, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युत्का लागि मिटर बक्स जडान गरेको उल्लेख गर्नुभयो ।
सामान्य आधारभूत कुरामा पछाडि परेको यस समुदायका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि वनसँगै विभिन्न संस्थाले पनि सहयोग गर्दे आएको र यसले उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको बताउनुभयो । यस बस्तीमा मानिसको जीवनस्तर उकास्नका लागि परम्परागत पेसा माछा मार्नेभन्दा अन्य पेसामा संलग्न गराउनका लागि वनले पहल गर्दै आएको उहाँको भनाइ छ ।
नगर प्रमुख प्रह्लाद सापकोटाले पालिकाका नागरिकलार्ई स्वच्छ खानेपानी दिन तथा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै यसमा लगानी गर्न पालिका तयार रहेको बताउनुभयो । उहाँले नागरिकको न्यूनतम आवश्यकता पूरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने उल्लेख गर्नुभयो ।
बेरोजगारको समस्या समाधान गर्नका निमित्त नगर प्रमुख उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यम गर्न मन लागेको व्यक्तिले बिना ब्याजको रु तीन लाखसम्म प्राप्त गर्नसक्ने प्रमुख सापकोटाले जानकारी दिनुभयो । आर्थिक अभावका कारणले कोही पनि नगरवासी खाली हात बस्न नपर्ने उहाँको भनाइ छ।
खानेपानीमा पालिकाले एकमुष्ट अनुदान हालेको भन्दै उहाँले हाल मासिक ९० रुपैयाँ खानेपानीको शुल्क रहेको र माझी मुसहर बस्तीमा शुल्क घटाउनका लागि पहल गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’