
उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदाय परम्परागत लाखे नाच संरक्षणमा जुटेका छन् ।
सोमबार ऋषितर्पनी पूर्णिमाको दिन देखि सदरमुकाम गाईघाट बजारमा नेवार समुदायले संयुक्त रुपमा लाखे नाच शुरु गरेका हुन् । नेवा झिगुँ पुच उदयपुरका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठका अनुसार सोमबारदेखि त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले संयुक्त रुपमा लाखे नाच शुरु गरेका हुन् ।
त्रियुगा नगरपालिकाको गाईघाट बजार, बोक्से, राजाबास, चुहाडे, बगाहा, देउरी, जोगिदह, मोथ्याई, असारी, भातीखर्कसहित पुराना गाईघाट क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले आठ वटा लाखे तयार गरेर संयुक्त रुपमा नाच्न सुरु गरेको नेवा झिगु पुचका जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
ऋषितर्पनी पूर्णिमाको दिनदेखि सुरु लाखे नाच कृष्ण अष्टमीको दिन सम्पन्न हुने नेवा झिगु पुचले जनाएको छ । गाईघाटका ८७ वर्षीय रत्न श्रेष्ठले भन्नुभयो– ‘बाबु, बाजेको पालादेखि नाचिँदै आएको लाखे नाच संरक्षण गर्न र मौलिक संस्कृति संरक्षण गर्न बर्सेनी नेवार जातीले नाच्दै आएका छौँ ।’
पूर्खाहरु पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभा, रामेछाप, काठमाडौँ र काभ्रेबाट बसाइ सरी आएको र तराई आएपछि लाखे नाच संरक्षण गर्न बर्सेनी नाच्ने गरिएको नेवा देय दबु गाईघाटका अध्यक्ष हरि श्रेष्ठ बताउनुहुन्छ ।
लाखे लोप हुने अवस्थामा पुगेकोे र यसको संरक्षण गर्नुपर्ने स्थानीयवासी भागवत श्रेष्ठले बताउनुभयो । युवापुस्तामा पाश्चात्य संस्कृतिको प्रभाव परेको कारण लाखे नाच लोप हुने अवस्थामा पुगेको झिगु नेवा पुचका कोषाध्यक्ष दिनेश श्रेष्ठको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै