
इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । तीन वर्षदेखि निर्माण शुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिनुभएको छ ।
नेपाल सरकारको १३ करोड आठ लाख तीन हजार सात सय आठ रुपैयाँ लागतमा आयोजना निर्माण थालिएको हो । माङसेबुङका दुईवटा वडावासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित शुरु गरिएको आयोजना आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म ‘कलेक्सन टेम्बर’, एक सय घनमिटर क्षमताको एउटा ‘रिजर्भ ट्याङ्की’, ५० घनमिटर क्षमताको दुई वटा ‘रिजर्भ ट्याङ्की’, १० घनमिटर क्षमताको चार वटा ‘रिजर्भ ट्याङ्की’ र बिजुली भवन निर्माण सम्पन्न भएका छन् ।
प्रत्येक ‘रिजर्भ ट्याङ्की’सम्मको तीन किलोमिटर तीन सय मिटर एचडिपिइ पाइप (पोलिथिन पाइप) विस्तार गरिएको छ । प्रत्येक ‘रिजर्भ ट्याङ्की’बाट चार सय ७५ घरधुरीमा २२ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान भइसकेको छ । आयोजनाको कार्यालय भवनसहित समुदायका लागि दुईवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
अब ‘रिजर्भ ट्याङ्की’बाट पाँच सय ९१ घरपरिवारका लागि नौ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान गर्न बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । ‘बाँकी पाइपलाइन विस्तार र धारा जडानको काम धमाधम भइरहेको छ’ उहाँले भन्नुभयो– ‘अब बढीमा दुई महिनाभित्र आयोजना सम्पन्न भई घरघरमा खानेपानी पुग्छ ।’
आयोजना अन्तर्गत तीन किलोमिटर तल रहेको रतुवा खोलाबाट विद्युतीय मोटरले तानेको पानी ‘रिजर्भ ट्याङ्की’मा भण्डारण गरी घरघरमा वितरण गरिनेछ । विद्युतीय माध्यमबाट चल्ने आयोजनामा पानी खपत गरेबापत मिटरमा उठेको महशुल उपभोक्ताले तिर्नुपर्नेछ ।
आयोजनाले लारुम्बासहित वडा नम्बर ५ का सबै क्षेत्र र वडा नम्बर ३ का तल्लो भाग लामिटार र आसपासका क्षेत्र समेट्नेछ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने त्यहाँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । घण्टौँ लगाएर पानी बोकेर खानुपर्ने स्थानीय बासिन्दाको समस्या आयोजनाले अन्त्य गर्ने ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राईले बताउनुभयो ।
आयोजना निर्माणका लागि विसं २०७८ असार २३ गते ठेकेदार कम्पनी ‘स्वामीनारायण निर्माण सेवा’सँग बहुवर्षे ठेक्का सम्झौता भएको थियो । आयोजनाबाट दुई वडाका एक हजार ६१ घरपरिवारका ६ हजार ३ सय ९८ उपभोक्ता लाभान्वित हुने भएका छन् । माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ र ६ मा यसअघि लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’