
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष दाहालले सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
अध्यक्ष दाहालले दिवङ्गत कार्कीप्रति श्रद्धाञ्जली र जीवनसङ्गीनी एवं कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेका बेला भेरीगङ्गा नगरपालिका–५ स्थित एमाले मोडमा सवारी दुर्घटनामा परी घाइते हुनुभएका कार्कीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।
अध्यक्ष दाहालले दुर्घटनामा घाइते भई उपचाररत हुम्ला ताजाकोट गाउँपालिका अध्यक्ष एवं पार्टीका कर्णाली प्रदेश समिति सहसचिव लालकेश जैशीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै