
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युत्को व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
ऊर्जामन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत् अवरुद्ध भएको भन्दै तत्काल विद्युत्को व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पु¥याएको छ । बाढीले विद्युत् गृहमा क्षति पु¥याएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा त्यो गाउँपालिका–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएको छ ।
यसैबीच ऊर्जामन्त्री खड्काले ताप्लेजुङको पाथीभरा क्षेत्र आसपासमा भएको विद्युत् अवरोध समेत चाँडो सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । साथै ताप्लेजुङ र झापाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएपछि मन्त्री खड्काले चासो राख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै