चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : अध्यक्ष नेपाल
११ चैत २०८०, आइतवार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमाले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताउनुभएको छ । फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताउनुभएको हो ।