दुर्गा प्रसाईंविरुद्ध फेरि अर्को पक्राउ पुर्जी
2081-08-20
काठमाडौँ। गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो ।