Breaking News

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान हुँदै

इलाम ।  इलाम क्षेत्र –२ मा मतदान  शुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।  शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो ।