
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान शुरु गरेको छ ।
लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा जिल्ला प्रहरी, कार्यालय, बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्की र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।
लागुऔषध दुव्र्यसन पीडितलाई समाजमा पुनःस्थापना गर्ने, लागुऔषधविरुद्ध सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रवद्र्धन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य राखिएको प्रनाउ डाँगीले बताउनुभयो ।
सम्झौतापत्रअनुसार नेपालगञ्जका फार्मेसी तथा औषधि पसलको अनुगमन गरी कारबाही गर्ने,दुव्र्यसनी जोखिम स्थान र व्यक्तिको पहिचान र अभिलेख राख्ने, लागुपदार्थ जाँच ‘कीट’को व्यवस्थापन गरी प्रभावकारी निरीक्षणको व्यवस्था मिलाउने, सीमानाका तथा शङ्कास्पद स्थानमा निगरानी गर्नेलगायत कार्यक्रम सञ्चालन गरिने छ । केही सयमअघि लागुऔषध कारोबारी पक्राउ गर्न स्थानीय प्रहरी गोली प्रहार गर्न बाध्य भएको थियो भने सीमा क्षेत्रबाट दिनहँुजसो लागुऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’