
काठमाडौँ । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।
बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । बहराइन ६ अङ्कका साथ दोस्रो स्थानमा छ । यस हारसँगै नेपालले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । समूह ‘एच’ मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । नेपाल अङ्क विहीन छ । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन, इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले समान एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले बहराइनका लागि पहिलो गोल गरे । त्यस्तै खेलको नवौँ मिनेटमा सायद बाकरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा अली मादनको हेडर गोल गरे । यससँगै बहराइनले खेलको पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८७औँ मिनेटमा इब्राहिमले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इस्मीलले बहराइनका लागि पाँचौ गोल गरे । बहराइनका खेलाडीलाई नेपालका लाकेन लिम्बूले बक्सभित्र लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले बहराइनलाई पेनाल्टी दिएको थियो ।
समूह ‘एच’ मा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । युएई तीन खेलमा तीन जितसहित ९ अङ्कका साथ पहिलो स्थानमा छ । त्यस्तै यमन तीन खेलमा एक जितसहित तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह