
काभ्रे । काभ्रेपलाञ्चोका विभिन्न १८ स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ । पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् । आगलागीमा परी सात जना घाइते भएका छन् ।
आगलागीमा परी गम्भीर घाइते दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीमा परी गम्भीर घाइतेको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । यस्तै ती आगलागीमा रु १२ लाख ५० हजार क्षति भएको छ । विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झण्डै ४४ घण्टासम्म खटाइएको प्रहरीको भनाइ छ ।
आइतबार एकैदिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भए । घटनामा एक जना गम्भीर घाइते भए । महाभारत गाउँपालिका(२ मूलडाँडाका सञ्चार घिसिङको कच्ची एकतल्ले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र रु एक लाख पाँच हजारसमेत गरी रु तीन लाख बराबरको क्षति भएको थियो । सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाइते हुनुभएको थियो । उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ ।
यस्तै पनौती नगरपालिकालिका(३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जङ्गलमा आगो लगेको थियो । सो आगलागी स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
भुम्लु–१ कात्तिके वन टोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो । सोही स्थानमा रहेको गोठसमेत आगो लागेर नष्ट भयो । खानीखोला–७ मोरङबेँशीस्थित निजी पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ(जस्ताले बनेको टहरो जलेको छ ।
सोही दिन बेथानचोक(४ मा बेथानखोला सामुदायिक वनमा आगलागी भएको थियो । बनेपा( १४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल(३ स्थित सर्वमङ्गला माध्यमिक विद्यालयको हाताभित्रको भएको आगलगी स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोटबिरुवाका साथै वन्यजन्तु विस्थापित भएको अनुमान गरिएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएका थिए । विगतका वर्षको तुलनामा यसवर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
गत फागुन २६ गते पनौती नगरपालिका(५ स्थिल छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी हुँदा पाँच रोपनी सामुदायिक वनमा क्षति पुग्यो । भोलिपल्ट बनेपा नगरपालिका(१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यू परालसमेत जलेको थियो ।
साथै गत फागुन २८ गते तेमाल गाउँपालिका(७ लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो । त्यहाँ करिब सात रोपनी सामुयदायिक वन क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत फागुन २९ गते चौरीदेउराली गाउँपालिका(५ देउपोखरे सामुदायिक वनमा आगलागी हुँदा छ रोपनी सामुयदायिक वन क्षति भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट हुँदा करिब रु ५० हजार क्षति भएको छ । गत फागुन ३० गते बनेपा(१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट सात रोपनी सामुयदायिक वन जल्यो ।
बिहीबार नमोबुद्ध नगरपालिका(८ कुश्मती जङ्गलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भएको छ । सोही दिन भुम्लु गाउँपालिक(८ को जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । त्यहाँ अन्दाजी ६ रोपनी सामुदायिक वनमा क्षति पुगेको छ ।
शुक्रबार नमोबुद्ध(५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो ।
शनिबार महाभारत(७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहर जलाउने क्रममा हावाहुरी चल्दा नजिकैको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षति भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमासमेत आगो लाग्यो ।
सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानीनोक्सानी र कानुनी व्यवस्थाबारे प्रचारप्रसारसमेत गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री