
काठमाडोँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको मानहानी मुद्दा खारेज भएको छ ।
पूर्वप्रधानमन्त्री खानविरूद्ध पूर्व प्रधानन्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले २०अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर गरेको मानहानीको मुद्दालाई इस्लामावादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको हो ।
जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उहाँद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित मानहानीको सूचना जारी गर्नुभएको थियो ।
खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया शुरु गर्ने चेतावनी सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो । चौधरीले जनवरी २०१५ मा औपचारिक रूपमा मुद्दा दर्ता गर्नुभएको थियो । मुद्दामा पाकिस्तानका पूर्व प्रधानन्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउनुभएको थियो ।
द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानीको सूचना हद नागेपछि जारी गरिएको बताएको छ । न्यायाधीश हसिना सकलैनले आफ्नो फैसलामा भन्नुभएको छ– ‘मुद्दाअनुसार अन्तिम कथित मानहानिपूर्ण बयान सन् २०१४ जुन २७ मा गरिएको थियो र मुद्दा सन् २०१५ को जनवरी २० मा दायर गरिएको थियो । मुद्दा दायर गर्दा छ महिना २४ दिन हद नागिसकेकोले मुद्दालाई खारेज गरिएको छ ।’
अदालतले मानहानिसम्बन्धी सामग्री प्रकाशित भएको मितिले ६ महिनाभित्र मानहानि मुद्दा दायर गर्नुपर्ने र त्यसो गर्न नसके मानहानि अध्यादेश २००२ को दफा १२ अनुसार मुद्दा गर्न नमिल्ने उल्लेख गरेको छ ।
सन् २०२२ को अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएयता पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानले थुप्रै कानुनी चुनौतीको सामना गर्दै आउनुभएको छ । उहाँ हाल रावलपिण्डीस्थित पाकिस्तानी केन्द्रीय कारागारमा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा