
कञ्चनपुर । बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उहाँले यही सीपलाई जीविकोपार्जनको आधार बनाउनुभएको छ ।
आफूले व्यावसायिक रुपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशकबढी समय भएको उहाँले सुनाउनुभयो । ‘विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउथे । रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाईलाई देखाउथे’ उहाँले भन्नुभयो– ‘चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ ।’
तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिनुभएको छैन । विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको तुलसीराम चौधरीले बताउनुभयो ।
‘सगरमाथामा नेपालको झण्डा फहराएको चित्र बनाएको थिएँ । देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गर्नुभयो’ विद्यालयमा छँदाको अनुभव सम्झँदै उहाँले भन्नुभयो– ‘त्यसबेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहैँ थिएन । दिमागमा त्यस्तै फुर्यो, बनाएँ ।ड
उहाँ चित्र कोर्ने कामका साथै खेती किसानीमा पनि संलग्न हुनुहुन्छ । बेलौरी नगरपालिका–२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताउनुभयो । ‘फुर्सदको समयमा खेतीपाती गरिन्छ । चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिदैन ।’ उहाँले भन्नुभयो– ‘विगत भन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ ।’
उहाँका अनुसार विगतमा मासिक ५० हजार रुपैयाँ भन्दाबढी कमाउन सकिन्थ्यो । प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उहाँले बताउनुभयो । विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक एक हजार रुपैयाँसम्म आम्दानी भइरहेको उहाँको भनाइ छ ।
‘विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थे । अहिले डिजिटल मेसिन आइसके । विगतको भन्दा काम कम पाइन्छ’ उहाँले भन्नुभयो– घत्यहीँ पनि दिनहुँ रु एक हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने गर्छ ।’
भित्तेलेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट रु तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको छ । तुलसीराम भारत्तोलनको खेलाडी पनि हुनुहन्छ । २०४६ सालमा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उहाँले बताउनुभयो ।
तुलसीरामको बेलौरी नगरपालिका–२ बैजुडाँडामा श्रीमती र छोरा बस्छन् । उहाँको दाईका छोरीहरु पनि राम्रो चित्र बनाउँछन् । तर अन्य पेहामा हुँदा उहाँहरुले व्यवसायिकता दिन पाउनुभएको छैन । उहाँले भन्नुभयो– ‘चित्र कोरेर र भित्तेलेखन गरेर गुजारा चलेको छ । कामको खोजीमा विदेशिनु परेको छैन । यसमै खुशी छुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग