
धनुषा । जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी अयोध्यातर्फ प्रस्थान गरेका छन् ।
होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दाबढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले आइतबार अयोध्याका लागि प्रस्थान गर्नुभएको हो ।
अयोध्यामा राममन्दिरको निर्माण भएपश्चात् त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताउनुभयो ।
दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै अयोध्या भ्रमणको मूल उद्देश्य रहेको होटेल व्यवसायी सङ्घ मधेसका अध्यक्ष विजय झुनझुनवलाले बताउनुभयो । अयोध्या भ्रमणका क्रममा होटेल व्यवसायीले अयोध्यास्थित राममन्दिरमा पूजा आराधना गर्नुका साथै कोशेली पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
त्यहाँका ‘टुर्स एण्ड ट्राभल्स एजेन्ट’सँग पनि छलफल गर्ने कार्यक्रम रहेको होटेल व्यवसायीले जनाएका छन् । अयोध्या प्रस्थान गर्नुअघि शनिबार बेलुका होटेल व्यवसायीले जानकी मन्दिरमा पूजा आराधना पनि गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह