
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनमा प्रस्त गर्ने दस्तावेज लेख्न थालेको छ ।
बाध्यात्मक परिस्थितिको कारण एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशनमा प्रस्तुत समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन लेखन कार्य शुरु भएको पार्टी मुख्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ। सचिव श्रेष्ठका अनुसार प्रतिवेदन फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी लेखन शुरु गरिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी तोकिएको छ । सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्यविभाजन गरिएको छ । दस्तावेज लेखनका लागि आवश्यकतानुसार सम्बन्धित नेताको समेत सहयोग लिन सक्ने व्यवस्था गरिएको छ ।
सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न यही फागुन २७ गते बैठक राखिएको छ । चारवटै विषयमा प्रतिवेदन तयार भएपछि एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका लागि सङ्गठनात्मक कार्यदिशाबारे दस्तावेजमा समावेश गरिने समझदारी गरिएको छ ।
सचिव श्रेष्ठका अनुसार मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकेको छ । उहाँहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा रणनीति दस्तावेजमा समावेश गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह