
काठमाडौँ । संघीय संसदअन्तर्गत माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आज सकिँदै छ । २०७४ सालमा निर्वाचित भएका २० राष्ट्रियसभा सदस्यले ६ वर्ष कार्यकाल पूरा गर्नुभएको छ ।
आज पदावधि सकिने सदस्यहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुनुहुन्छ । त्यस्तै नेपाली कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ हुनुहुन्छ भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा आजबाट बिदा हुँदै हुनुहुन्छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमीलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि आज सकिने छ ।
रिक्त हुने २० स्थानमध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसक्नुभएको छ । उहाँहरूले भोलि शपथ लिनुहुने छ । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनुहुने छ । ५९ सदस्यीय राष्ट्रियसभाका लागि २०७४ सालमा नयाँ संविधान जारी भएपछि ५६ सदस्य निर्वाचित हुनुभएको थियो भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभएको थियो ।
आज एक कार्यक्रम गरी कार्यकाल सकिएकाहरुको बिदाइ र नवनिर्वाचितको स्वागतको तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।
यसैबीच राष्ट्रियसभाको नयाँ अध्यक्षमा कांग्रेस र माओवादीले दाबी गरेका छन् । कांग्रेसले कोशी प्रदेशबाट निर्वाचित कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरे पनि माओवादी केन्द्रले भने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएको छ । नवनिर्वाचित सदस्यहरूले शपथ लिएपछि राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह