
काठमाडौँ । औषधि व्यवस्था विभागले कामको विश्वसनियताको लागि परिपक्कता (म्याचुरेटी) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेको मानङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्कताको दुई तह मात्र छ । ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन लगायतका मानाङ्कलाई हेरेर तह निर्धारण गर्ने गरिन्छ ।
विभागले स्तरोन्नतीका लागि विभागले कानुन संशोधन, प्रदेशस्तरमा कार्यालय, दक्षजनशक्ति थप र प्रयोगशालाको क्षमता बढाउने कार्य गरिरहेको छ । “हाम्रो क्षमता अनुसार अहिले हामी परिपक्कताको दुई तहमा रहेका छौँ”उहाँले भन्नुभयो, “परिवक्कताको तीन तहमा जाने हाम्रो योजना हो । त्यही अनुसार अहिले हामीले काम गरिरहेका छौँ ।”
तीन तहको परिपक्कता पुगेपछि विभागले गरेका निर्णय परिपक्क हुने, अन्यले मान्ने खाले हुने, निष्पक्ष, पारदर्शीता र औषधि गुणस्तरिय हुने उहाँको भनाइ रहेको छ । परिपक्कताको चार तहमा पुगेपछि डब्लुचएओले सूचिकृत गर्ने गरेको छ । औषधि पसल, आयुर्वेदिक पसलको अनुगमनका गर्नका लागि विभागसँग प्रयाप्त मात्रामा जनशक्ति रहेका छैनन् ।
विभाग अहिले प्रदेशस्तरमा पनि जान सकेको छैन । काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज र नेपालगञ्ज मात्र विभागको कार्यालय छ । विभागमा अहिले एक सय १५ जनशक्ति छन् । “हामीसँग एकदमै थोरै जनशक्ति रहेका छन्” उहाँले भन्नुभयो, “यसले गर्दा हामीले उद्योग, औषधि पसलको प्रयाप्त मात्रामा अनुगमन गर्न सकेका छैनौँ ।”
विभागमा अहिले स्वदेशी एक सय ५० उद्योग दर्ता र पाँच सय विदेशी कम्पनी दर्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’