
रुकुम । भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलले साढे ३ हजार अस्थायी आवास बनाएका छन् । दलले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन् । रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् ।
भूकम्प प्रभावित क्षेत्रमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियतामा निर्मित आवासमा भूकम्प प्रभावितलाई स्थानान्तरण गरिएको छ । प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार भूकम्पबाट बढी प्रभावित आठबीसकोट नगरपालिकामा १ हजार ३ सय ५, सानीभेरी गाउँपालिकामा ८सय ५४, चौरजहारी नगरपालिकामा छ सय सात, त्रिवेणी गाउँपालिकामा तीन सात, मुसिकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरिएको हो । पहिलो चरणमा एकल महिला, गर्भवती, वृद्धावृद्धा र आफैँ अस्थायी आवास बनाउन नसक्नेलाई लक्षित गरेर अस्थायी आवास निर्माण गरिएको शर्माले बताउनुभयो ।
कांग्रेस रुकुम पश्चिमले पनि भूकम्पप्रभावित क्षेत्रमा निरन्तर अस्थायी आवास निर्माणमा जुटेको जनाएको छ । हालसम्म कांग्रेसले सानीभेरी गाउँपालिकामा २५ र आठबीसकोट नगरपालिकामा ५० गरेर ७५ घरपरिवारलाई अस्थायी आवास हस्तान्तरण गरेको कांग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले तीन सय स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिहेको छ । पार्टीले प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।
एमाले०ले रुकुम पश्चिमले तीन सय ४५ अस्थायी आवस निर्माण गरेको जनाएको छ । उहाँका अनुसार भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न स्वयंमसेवकको लागि लुम्बीनी, गण्डकी र सुदुरपश्चिम प्रदेशबाट दुईसय ५० जना र जिल्लाका ५० जना गरेर तिन सय स्वंयमसेवक अस्थायी आवास निर्माण गर्न परिचालन भएका थिए । पार्टीले हालसम्म आठबीसकोट नगरपालिकामा एक सय ८९, सानीभेरी गाउँपालिकामा ५८, चौरजहारी नगरपालिकामा ८६ र बाँफीकोट गाउँपालिकामा १२ गरेर जिल्लाभर तीन सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएको छ ।
एकीकृत समाजवादी रुकुम पश्चिमले पनि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ । आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरिसकिएको पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष तथा अस्थायी आवास निर्माणको नेतृत्व गरिरहनु भएका पार्टी उपाध्यक्ष पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आठबीसकोट नगरपालिका १४ जामिरेकोटमा १९ वटा लाभग्राहीको अस्थायी आवास निर्माण गरेर नेपाल सरकारका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नन्दा शर्मा चपाईको उपस्थितिमा लाभग्राहीलाई केही दिन अगाडी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्ल्लामा १७ वटा अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । आठबीसकोट नगरपालिकाका मृतक १० परिवारलाई र सानीभेरीमा गाउँपालिकामा एकल तथा अस्थायी आवास बनाउन नसक्ने अवस्थाका सात परिवारका लागि अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको पार्टीका कर्णाली प्रदेश नीति तथा योजना विभाग प्रमुख मानबहादुर शाहीले जानकारी दिनुभयो ।
हालसम्म १९ हजार एक सय ३४ लाभग्राहीलाई पहिलो किस्ता बापत २५ हजार रुपैयाँका दरले ४७ करोड ८३ लाख ५० स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’