
काठमाडौं । पश्चिम नेपालमा हिमपात र वर्षा भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागका केही ठाउँमा सोमबार बिहानदेखि हिमपात र वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला सदरमुकाम सिमकोटमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातको कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा आइतबार रातिदेखि सामान्य वर्षा भइरहेको छ ।
मौसमविदहरुले पश्चिमी वायुको प्रभावको कारण मुलुकको विभिन्न स्थानमा सामान्य हिमपात र छिटफुट वर्षा भइरहेको बताएका छन् । यसको प्रभाव केही दिन रहने मौसमविदहरुको अनुमान छ ।
मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सोमबार बिहानै देखि बादल लागेको छ । काठमाडौं उपत्यकामाबिहानदेखि कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । काठमाडौं उपत्यकामा अघिल्लो दिनको तुलनामा सोमबार चिसो बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय