+

बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण हुँदै

नेपालगञ्ज । बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण गरिने भएको छ । त्यसका लागि आजदेखि धार्मिक अनुष्ठान प्रारम्भ भएको छ । 


अनुष्ठान सचिवालयका संयोजक भक्तबहादुर केसीका अनुसारस्थानीय शिवकालिका मन्दिरको एक बिघा जग्गामा वाटिका निर्माण गरिने छ । मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहिलो धार्मिक पुष्पवाटिका निर्माण गरी ज्येष्ठ नागरिकका लागि सत्सङ्गस्थल बनाउन अनुष्ठान आयोजना गरिएको हो । 

उहाँले नेपालगञ्ज गुलरिया हुलाकी राजमार्गको खजुराखण्डको नजिकै एक बिघा जग्गामा निर्माण प्रस्ताव गरिएको धार्मिक वाटिका विविध वनस्पति, जडीबुटी र पुष्पको अनुपम सङ्गमका रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो । 

फागुन २८ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्नुहुनेछ । अनुष्ठान अवधिभर व्रतबन्ध, चौरासी पूजा, रुद्राभिशेष लगायत धार्मिक कार्य गरिने छ । शिवकालिका मन्दिर खजुरा क्षेत्रको प्राचीन मन्दिर हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै