
काठमाडौँ । पछिल्लो समय चितवन निकुन्ज आसपासका बस्तीमा आतंक मच्याउँदै आएको हात्ती ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि काटिएको छ।
सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै ध्रुबेलाई बेहोस बनाएर घाँटीमा स्याटलाइट कलर जोडिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । ‘ध्रुबे’का दाह्रा बढेको पाइएपछि काटेर छाडिएको उहाँले बताउनु भयो ।
‘मानवबस्तीमा पसेर आतंक मच्याउन थालेपछि ध्रुबेलाई तिहार अघिबाटै निगरानी बढाएका थियौं। निकै आक्रमक र चलाख रहेकाले लामो प्रयास गर्दा पनि ऊ भाग्न सफल हुँदै आएको थियो। डार्ट गर्न निरन्तर प्रयास गर्दा आज सफल भयौं,’ तिवारीले भन्नुभयो, ‘स्याटलाइट कलर जोडेर एन्टी डोज दिएको केहीबेर ऊ उठिहाल्यो।’
ध्रुबेले दसैंअघिबाट माडी र जगतपुर क्षेत्रमा बस्ती पसेर दुःख दिइराखेको थियो। स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कुन क्षेत्रमा छ भन्नेकुरा थाहा पाउन सकिन्छ। बस्तीतिर पस्न लागेको अवस्थामा तत्काल नियन्त्रण गर्न सकिन्छ।
ध्रुबेलाई स्याटलाइट कलर जोडिएको यो पहिलो पटक भने होइन। ७० साल तिर उसलाई पहिलो पटक स्याटलाइट कलर जोडिएको थियो। त्यतिखेर उसले निकुञ्ज आसपासका क्षेत्रमा आतंक मच्याएको थियो।
त्यो उसको शरीरबाट झरेपछि दोस्रो पटक कोरोना महामारीको समयमा स्याटलाइट कलर जोडिएको थियो। त्यो पनि झरेपछि अहिले तेस्रो पटक नयाँ लगाइएको हो।
करिब २ वर्षअघि पनि ध्रुबेलाई नियन्त्रणमा लिएर दाह्रा काटिएको थियो
‘दाह्रा लामा हुँदा उसबाट क्षति बढी हुनेभयो। त्यसैले काटिएको हो। काटेका दाह्रा निकुञ्ज ल्याइएको छ,’ तिवारीले भने। ध्रुबेले अहिलेसम्म २२ जनाभन्दा बढीको ज्यान लिइसकेको छ।
उसलाई निकुञ्ज प्रशासन, नेपाली सेनाको खड्गदल गण, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सूचना केन्द्र, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हात्तीसारको टोली लगायतको प्रयासमा नियन्त्रणमा लिइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
- राप्रपालाई रोक्न काठमाडौँमा सुरक्षा व्यवस्था कडा
- असोज बाढीपहिरो : सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन शुरु
- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, तीन घाइते
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण शिक्षक आन्दोलन बिहानलाई सारियो