
काठमाडौँ । यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान २०८०’ बाट भक्तपुरका पूर्वसांसद एवं नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति ऋषिराम न्यौपानेलाई प्रदान गरिने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएको कदरस्वरुप सांसद न्यौपानेलाई सम्मान प्रदान गरिने भएको हो ।
मीनकुमारी राणाको दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २५ मा राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रष्ठिानका अध्यक्ष कविर राणाले जानकारी दिनुभयो ।
यस वर्षको ‘मीनकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ देशान्तर साप्ताहिकका संस्थापक सम्पादक एवं वरिष्ठ पत्रकार किशोर नेपाललाई र ‘राष्ट्रिय खेलकुद पुरस्कार’ बक्सिङ खेलका पूर्व राष्ट्रिय खेलाडी एवं साफ पदक विजेता प्रकाश थापालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही ५१ हजार १ सय रुपैयाँ आयोजकले जानकारी दिएका छन् । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध