
काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताउनुभएको छ ।
सोमबार १७औँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मुलककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “संसद सर्वोच्च विधायिकी संस्था हो, यो अहिले त्यो अवस्थामा छ कि छैन ? हामी सबै मिलेर मेहनतकासाथ सदनलाई सर्वोच्च संस्था बनाउनुपर्छ । सदनलाई गरिमायुक्त र नतिजामुखी तुल्याउने ढङ्गले काम गरौँ ।”
संसदलाई प्रभावकारी तुल्याउन कर्मचारीमा इमान्दारीका साथ काम गर्ने प्रण हुनुपर्छ भन्दै सभामुख घिमिरेले कतिपय संस्थामा योग्य कर्मचारी भएपनि परिणाम दिन सकेको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताका प्रतिनिधिसँग सिधै काम गर्ने, कानून तर्जूमाको जिम्मेवारीमा रहने भएकाले संसद् सेवाका कर्मचारी मर्यादित र अनुशासित ढङ्गबाट कार्यसम्पादन गर्नेतर्फ सजग र सचेत हुनुपर्छ ।”
त्यस अवसरमा राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटाले संसद् र संसद् सचिवालयको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यपालिकाले शक्ति सन्तुलनको मर्म विपरीत सङ्घीय संसदलाई थोरै रकम विनियोजन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्बको बजेटबाट ससदलाई जम्मा रु एक अर्ब २२ करोड मात्र रकम विनियोजन भएको छ । छिमेकी मुलुकमा एक सांसद बराबर छ जना विशेषज्ञसहितका सहयोगी कर्मचारी रहने गरेको पाइएकामा नेपालमा भने एक बराबर एक मात्रै छ । प्रदेश संसदको समेत सङ्घीय ससदले अभिभावकत्व लिनुपर्छ ।”
प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका कर्मचारीमा उत्प्रेरणाको अवस्था कम्जोर मात्र होइन आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत कमी रहेको बताउनुभयो ।
संसद दिवस मूल समारोहका संयोजक एवं सचिवालयका सचिव डा रोजनाथ पाण्डेले आफनो बुद्धि र विकेकले भ्याएसम्म जिम्मेवारी पूरा गरिरहेका विशिष्टकृत संसद सेवाका कर्मचारीको पीर मर्का हेरिदिने कस्ले भन्ने प्रश्न उब्जेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद सेवाका कर्मचारी कुनै ‘बाद’का आधारमा नभई व्यवसायिकरुपमा रुपमा काम गरिरहनुभएको छ, उहाँहरुको सेवा सुविधा र उत्प्रेरणा दिने काममा अभिभावकले विशेष ध्यान पु¥याउनु पर्ने देखिन्छ ।”
देशमा निजामती सेवाबाट संसद सेवा अलग भएका दिन प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाइने गरिएको छ । दुई सदनात्मक सङ्घीय संसद सञ्चालन र व्यवस्थापनका लागि संसद सचिवालयले काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
- राप्रपालाई रोक्न काठमाडौँमा सुरक्षा व्यवस्था कडा
- असोज बाढीपहिरो : सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन शुरु
- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, तीन घाइते
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण शिक्षक आन्दोलन बिहानलाई सारियो