
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय परिषद्को बैठक सोमबार पनि जारी छ। आइतबारबाट सुरू भएको परिषद् बैठकमा विधानमाथि छलफल केन्द्रित भएको प्रवत्ता जगन्नाथ खतिवडाले बताउनुभएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा विधानको मस्यौदामाथि समूहगत छलफल जारी रहेको उहाँले जानकारी दिनुभएको छ । परिषद् बैठकमा करिब १ हजार जना प्रतिनिधि सहभागि छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारी तथा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्। दसवटा समूह बनाएर जलफल जारी रहेको र बैठक आजै साँझ सकिने प्रवत्ता खतिवडाले जानकारी दिनुभएको छ ।
पार्टीले विधानको मस्यौदा तयार पार्न पार्टी उपाध्यक्ष भुसालको नेतृत्वमा समिति पनि बनाएको थियो। महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समितिले तयार पारेको विधान मस्यौदामा सचिवालय सदस्यहरूले आ-आफ्ना धारणा राखेका थिए।
सचिवालय सदस्यहरूले केन्द्रीय कमिटीको आकार घटाउनुपर्ने बताएका थिए। त्यस्तै पार्टीको कार्यकारी कमिटीमा उमेरहदको व्यवस्था गर्नुनपर्ने, युवादेखि वृद्धसम्मलाई प्रतिशत छुट्टयाएर प्रतिनिधित्व गराइनुपर्ने राय राखेका थिए। त्यस्तै केन्द्रीय कमिटी र आयोगका सदस्यहरू भूगोलबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने धारणा पनि सचिवालय सदस्यहरूले राखेका थिए।
एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरूलाई ११ वटा प्रश्न नै बनाएर विधानमाथि सुझाव मागेको थियो।
प्रश्नावलीमा उमेरहद राख्नुपर्ने/नपर्ने, महाधिवेशनमा केन्द्री कमिटी र केन्द्रीय आयोग सदस्यहरू स्वतः प्रतिनिधि हुने कि निर्वाचित भएर आउनुपर्ने ? केन्द्रीय कमिटीको आकार कस्तो हुने ? लगायतका प्रश्नमा सुझाव मागेको थियो।
एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ। त्यसैका लागि विधानमाथि छलफल गराइरहेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना