
काठमाडौँँ । गुठी पीडितहरुको आन्दोलन शुरु भएको छ । दाङ देउखुरीबाट काठमाडौँ आएर गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका स्वर्गद्वारी गुठी पीडितहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिमा आवद्धहरुले गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो । गुठी पीडित ले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।
स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया शुरू गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता गर्दै गुठी सम्बन्धी कानुन कानुन निर्माणमा सल्लाह सुझाव दिन भएको सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी
- सर्वोच्चले भन्यो - रेशम चौधरीलाई पक्राउ गर्नेबारे लेखिएको पत्र ‘अनधिकृत’
- रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ, रेशम रिहा
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी