
तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते सापकोटालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन ।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख २९९९ नम्बरको बस सडक छेउको कल्भर्टमा पल्टिएको थियो । प्रहरीले बस चालक भानु नगरपालिका–५ बस्ने ३५ वर्षीय रविन्द्र घलेलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका–५ बस्ने २२ वर्षीया अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका–१२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका–८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ५१ वर्षीय सुनिल ढकाल घाइते भएका छन् ।
त्यसैगरी लमजुङको बेसीशहर नगरपालिका–३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ४२ वर्षीय रामशरण कुँवर, सहिद लखन गाउँपालिका–२ घर भई हाल बन्दीपुर गाउँपालिका–१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका–१० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा घाइते हुनुभएकी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै