
काठमाडौँ । नेकपा एकीकृत समाजवादी महंगी बढाएर सरकारले जनताको ढाड भाँचेको निश्कर्षमा पुगेको छ । एकीकृत समाजवादीको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारले ल्याएका विभिन्न अध्यादेश र अहिलेसम्म गरेका निर्णय तथा काम कारवाहीले छलफल गर्दै यस्तो निश्कर्ष निकालेको हो ।
उपमहासचिव रामकुमार भट्टराईले बैठकले अध्यादेशका कारण अहिले महंगी बढेको निष्कर्ष निकालेको बताउनुभयो । ‘महंगी बढाएर जनताको ढाड बाँच्ने काम भएको छ । मुठ्ठिभरका व्यापारीका लागि सरकार लागिपरेको छ’ बैठकपछि उहाँले भन्नुभयो– ‘अहिले अध्यादेशले हाम्रो नेपालमा भएको भ्रष्टाचार ऐनलाई तोडमोडल गर्यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन थियो । त्यो लागू नगर्ने भन्ने ऐन ल्याउनासाथ ५ सय रुपैयाँको सिमेन्ट अहिले ८ सय रुपैयाँ बोरा पुगेको छ । यो एउटा मात्रै उदाहरण हो । यस्ता अरु धेरै उदाहरण छन् ।’
एकीकृत समाजवादी सरकारले ल्याएका विभिन्न अध्यादेशविरुद्ध संसदमा सशक्त रुपमा प्रस्तुत हुने भएको छ । ‘अध्यादेशको विरुद्धमा जाने तयारीमा हामी छौँ’ उपमहासचिव भट्टराईले भन्नुभयो ।
उपमहासचिव भट्टराईले अध्यादेशविरुद्धमा कसरी जाने ? भन्नेबारे पार्टीमा छलफल भइरहेको जानकारी दिनुभएको छ । उपमहासचिव भट्टराईका अनुसार बिहीबारको बैठकमा पार्टी संगठन निर्माण, जिल्ला र प्रदेशका अधिवेशन गर्ने लगायतका विषयमा समेत छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न