+

चैत २४ गते समाजवादी मोर्चाले काठमाडौँमा वृहत् आमसभा गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा आगामी चैत २४ गते राजधानीमा खबरदारीसभा गर्ने निर्णय गरेको छ । 


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले आगामी चैतको पहिलो साता तराई/मधेसमा जनसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
 
बैठकले मोर्चाको विचार, नीति र उद्देश्यलाई आमनागरिक र राजनीतिक वृत्तमा पुर्‍याउनका लागि ‘समाजवादी मोर्चा’ प्रकाशन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । मोर्चाले आगामी फागुनको अन्तिम सातासम्म उक्त प्रकाशन गरिसक्ने निर्णय गरेको छ ।
 
सातवटै प्रदेशमा समाजवादी आन्दोलनको आवश्यकता सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने निर्णय भएको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।
 
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै