
म्याग्दी । कृषकहरूलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान र सीप प्रदान गर्न बेनी नगरपालिकाले एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ ।
नगरको कृषि शाखाले कृषक समूहमार्फत वडा नम्बर २ को गौस्वारामा काउलीबाली, वडा नम्बर ५ पुलाचौरमा हिउँदे आलु र वडा नम्बर ९ को काउलेगौँडामा आलुबाली सम्बन्धी पाठशाला सञ्चालन गरेको हो ।
नगरको कृषि शाखाका अधिकृत आकृति ढुङ्गानाले वडा नम्बर १ र ४ मा गोलभेँडा, वडा नम्बर ३ मा अकबरे खुर्सानी, वडा नम्बर ६ मा लहरे बालीका लागि पाठशाला सञ्चालन गरिने बताउनुभयो । कृषकहरूको माग अनुसार वडा नम्बर १० पात्लेखेतमा पाठशाला सञ्चालन गर्ने बाली र समूह छनोट गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
‘कृषकलाई मित्र र शुत्र जिव पहिचान गर्न सिकाएर स्थानीय रूपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरिएको हो’ कृषि अधिकृत ढुङ्गानाले भन्नुभयो– ‘हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गर्दै आएका छौँ ।;
ढुङ्गानाका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा प्लट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातका खेती गरिएको छ । एउटा पाठशालामा २५ देखि ३० जना कृषक समूह सहभागी हुने कार्यविधि छ ।
स्थानीयस्तरमा उपलब्ध हुने प्राङ्गारिक मल, गाईभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट लाग्ने रोगकिराको पहिचान तथा व्यवस्थापन गर्न सिकाइने आइपिएम सहजकर्ता सोवित शर्माले बताउनुभयो ।
‘तितेपाती, असुरो, खरानी, गाईभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकिरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्छौँ’ उहाँले भन्नुभयो, ‘रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक मलको प्रयोग गरी गरिने खेतीको प्रवर्द्धन गर्ने उद्देश्य हो ।’
पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइँदै आइएको छ । नगरपालिकाले प्रतिपाठशाला सञ्चालन गर्नएक लाख ५० पचास हजार रुपैयाँका दरले बजेट विनियोजन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न