
ताप्लेजुङ । ‘नो केबलकार समूह’को आन्दोलनका कारण आज पनि मेची राजमार्ग र तमोर कोरिडोर बन्दबाट प्रभावित भएको छ । बन्दका कारण ताप्लेजुङ बाट बाहिरी जिल्ला जाने र भित्त्रिने सवारीसाधन चल्न सकेका छैनन् ।
राजमार्गको ठाउँ ठाउँमा बसेका कार्यकर्ताले मोटरसाइकलदेखि ट्याम्पो र अन्य सवारी समेत चल्न दिएका छैनन् । जसका कारण अस्पताल जाने बिरामी र सर्वसाधारण नागरिक मारमा परेका छन् ।
यसैबीच ‘नो केबलकार’को माग राखेर आन्दोलन गर्दै आएका आन्दोलनकारीले सरकारसँगको वार्ताका लागि तीन प्रस्ताव अघि सारेका छन् । उनिहरुले केबलकार निर्माणको काम रोकिनु पर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनु पर्ने र पक्राउ परेका आफ्ना तीन कार्यकर्ता बिना सर्त रिहा हुनुपर्ने माग अघि सारेका छन् ।
कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले मंगलबार औपचारिक वार्ताको लागि आव्हान गरेको छ । तर वार्ताको विषयमा आफूहरूलाई जानकारी नभएको र आधिकारिक सूचना पनि नआएको किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताउनु भयो । उहाँका अनुसार, ‘यो (केबलकार) संघीय सरकारले गरेको निर्णय हो त्यसैले संघसँगको विषय हो,’ उहाँले भन्नुभयो, ‘प्रदेशले गरेको निर्णय पनि हामीले सञ्चार माध्यममा देखेको हो आधिकारिक सूचना छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न