
मोरङ । कोशी प्रदेशमा नो केवलकार समूहलाई वार्तामा आउन आह्वान गरिएको छ । प्रदेश सरकाले गठन गरेको वार्ता टोलीले नो केवलकार समूहलाई छलफलमा आउन आह्वान गरेको हो ।
सरकारी वार्ता टोलीको मंगलबारको बैठकले प्रदेशमा आन्दोलनरत नो केवलकार समूहलाई वार्तामा आउन आह्वान गरेको हो ।
ताप्लेजुङको पाथिभरा क्षेत्रमा शनिबार प्रहरी र केबलकार विरोधी समूहबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ जना र लाठी प्रहारबाट १ जना गम्भीर घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका छन् ।
घटनापछि प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको टोली बनाएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले विवाद समाधानको लागि वार्तामा आउन आह्वान गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न