
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य ज्वाला संग्रौलालाई स्पष्टीकरण सोध्ने भएको छ । गत शनिबार संग्रौलाले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री रहँदा ‘बलात्कारका आरोपीलाई उन्मुक्ति दिएको’ भन्दै विवादास्पद स्टाटस पोस्ट गर्नुभएको हो।
उहाँको यो स्टाटसपछि पार्टी पंक्तिमा हंगामा मचिएपछि उहाँलाई अनुशासन समितिले स्पष्टिकरण सोध्न लागेको हो । शनिबार सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापति लामिछाने लक्षित अभिव्यक्ति दिनुभएको थियो । नेता बस्नेतले लामिछानेको विषयलाई जोडेर प्रभु बैंक लिमिटेड र रविको सम्बन्ध छानबिन गर्नुपर्ने विषय उठाउनुभएको थियो। अदालतबाट माग गरिएको करोडौं धरौटीको ग्यारेन्टी बस्ने प्रभु बैंक र रविको कनेक्सन छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै नेता बस्नेतले रविलक्षित स्टाटस पोष्ट गर्नुभएको थियो ।
त्यही स्टाटसको जवाफमा नेता बस्नेतलाई लक्षित गर्दै रास्वपा केन्द्रीय सदस्य समेत रहनुभएकी संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्नुभएको थियो । संग्रौलाले बस्नेतमाथि लाग्दै आएको बलात्कारको आरोपबारे लक्षित गर्दै उहाँलाई रवि लामिछाने गृहमन्त्री हुँदा जोगाएको दाबी गर्नुभएको थियो। संग्रौलाले शुरुमा लेखेको स्टाटसमा ‘रवि लामिछाने गृहमन्त्री हुँदा जीवनदान दिएको’ भन्ने वाक्य समावेश गर्नुभएको थियो। तर त्यसको केही समयपछि उहाँले त्यो वाक्य हटाएर त्यसलाई सम्पादन गर्दै ‘एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ भन्दै पोष्ट गर्नुभएको थियो ।
पूर्व मन्त्रीसमेत रहेका एमाले नेता बस्नेतमाथि एमालेकै पूर्व नेतृले बलात्कारको आरोप लगाउँदै आउनुभएको छ । बस्नेतलाई कारबाही गर्न माग गर्दै माईतीघर मण्डलामा धर्ना बसिरहने उनै नेतृको समर्थनमा उभिएकी ज्वालाले बस्नेतलाई रवि गृहमन्त्री हुँदा जोगाएको र मुद्दा नचलाएको भन्दै स्टाटस् लेखेपछि अहिले रास्वपामा तरंग मच्चिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न