+

अछाममा किशोरी मृत्यु प्रकरण : दुई जनाविरुद्ध किटानी जाहेरी

अछाम । अछाममा २ जना किशोरीको मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ । अछामको ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र इशरा खड्काको हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका हुन् ।


मृतक सरस्वतीका ठुलोबुवा तथा इशराका हजुरबुवा अवि खड्काले दिएको किटानी अनुसार ढकारी गाउँपालिका ३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा छन् । उनिहरु प्रहरीको हिरासतमा छन् ।

पक्राउ परेकाहरु सँग प्रहरीले प्रारम्भिक बयान लिने काम गरिरहेको छन् । उनिहरुले प्रहरीसँगको बयानमा घटना भएको दिन शव फेला परेको जङ्गलमा गएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि थप टोली खटाइएको छ ।

प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नरेन्द्र भण्डारीको नेतृत्वमा टोली खटाइएको हो । जसमा एकजना पोलिग्राफ गर्ने प्रहरी सहायक निरीक्षक पनि रहेका छन । यस्तै, प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही सिलसिलामा अछाम जाने कार्यक्रम छ ।

शुक्रबार ढकारी गाउँपालिका १ को छिन्ने ओढार जङ्गलमा ढकारी ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो । सोही घटनाको अनुसन्धानका लागि टोली परिचालन गरिएका हुन् । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरी भण्डारीका अनुसार घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबिको टोली मङ्गलबार अछाम पुग्ने छ । अछाम प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका बताएको छ ।

जिल्ला प्रहरी कार्यालयले किशोरी मृत्युको घटनामा अहिलेसम्म ११ देखि ४० वर्षसम्मका पाँच जनालाई नियन्त्रणमा लिएको छ भने झण्डै आधा दर्जन मानिसको बयान लिइएको बताएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली घटनास्थल आसपासमा रहेको छ ।

मृतक किशोरीको भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पोस्टमार्टम गरिएको छ । उनहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । मृतक दुबै जनाको अन्त्यष्टि भोली बुधबार स्थानिय परम्परा अनुसार गरिने मृतकका आफन्त कमल भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै