
काठमाडौँ । कालिमाटी थोक बजारमा काउलीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार कालीमाटी बजारमा आज काउली प्रतिकिलो ८ रुपैयामा किनबेच भइरहेको छ ।
कालिमाटी थोक बजारमा स्थानीय, ज्यापु र तराई काउली गरी तीन प्रकारका काउली आउँछन्।
कालीमाटीमा आज स्थानीय काउली र तराई काउली प्रतिकिलो थोक मूल्य ८ रूपैयाँ तोकिएको छ भने स्थानीय ज्यापु काउली प्रतिकिलो १५ रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा स्थानीय र ज्यापु काउलीको आपूर्ति बढिरहेकाले मूल्य घटेको व्यवसायीले बताएका छन्। कालिमाटी थोक बजारमा मूल्य घटे पनि उपत्यकाका अन्य खुद्रा पसलमा भने काउली प्रतिकिलो २० देखि २५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न