
बाजुरा । परम्परागत बाली प्रवर्द्धन र संरक्षण गर्न बडीमालिका नगरपालिका–८ मा रहेका मालिका नमूना माध्यमिक विद्यालयले खाना महोत्सव आयोजना गरेको छ ।
नगरपालिका कृषि शाखाको आर्थिक सहयोगमा विद्यालयले स्थानीयस्तरमा लगाइने परम्परागत बालीको संरक्षण र प्रवर्द्धन गर्दै बालीको महत्व झल्काउने गरी परम्परागत खाना महोत्सव सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
खाना महोत्सवमा विद्यार्थीले स्थानीयस्तरमा उत्पादन भएका पराम्परागत बाली कोदो, मकै, जौँ, कागुनो, भटमास, केराउ, फापरलगायत बालीबाट विभिन्न रैथाने खानाका परिकार उत्पादन गरेका छन् । विद्यालयको खेलमैदानमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीले आठ प्रदर्शनी कक्ष निर्माण गरेर स्थानीय परम्परागत बालीका १४ स्थानीय खानाका परिकार उत्पादन गरेर महोत्सव सञ्चालन गरेका हुन् ।
महोत्सवले स्थानीय परम्परागत खानाको बजारीकरण र खानाको राष्ट्रियस्तरसम्म प्रचारप्रसार तथा प्रवर्द्धनका लागि सहयोग पुग्ने बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले बताउनुभयो । उहाँले स्थानीयस्तरमा खेतीका रूपमा प्रयोग हुँदै आएको फापर, कोदो, कागुनो लगायत बालीको प्रवर्द्धन र उक्त बालीको बजारीकरण गर्नेगरी गरिएको महोत्सवले पालिकालाई थप टेवा पुग्ने छ भन्नुभयो ।
महोत्सवमा विद्यार्थीले परम्परागत बालीबाट उत्पादन गरेका खानाका परिकारले आगामी दिनमा स्थानीयस्तरमा उत्पादन हुने बालीको प्रवर्द्धन विकासमा सहयोग हुने नगर उपप्रमुख नन्दाकुमारी थापाले बताउनुभयो । उहाँले विद्यार्थीले पढ्दै, सिक्दै कार्य गरेकामा प्रशंसा गर्नुभयो ।
महोत्सवस्थलमा नगरप्रमुख अमरबहादुर खड्का नेतृत्वको टोलीले विद्यार्थीले परम्परागत बालीबाट उत्पादन गरेका जेरी, कोदोको मःम, पकौडा, खिर, दालमोठ, पुरीलगायत विभिन्न खानाका परिकारको अवलोकन गर्नुभएको थियो ।
बालबालिकाले बनाएका परिकारलाई बजारीकरण र उनीहरूको सीपलाई प्रोत्साहन गर्न नगरपालिकाले सीप विकासका कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख खड्काले प्रतिबद्धता जनाउनुभयो । यहाँका सामुदायिक विद्यालयमा पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भरका कार्यमा अग्रसरता गराउन नगरपालिका लाग्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र