
ताप्लेजुङ । शनिबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर भएको झडपको विरोधमा आज ताप्लेजुङ बन्द गरिएको छ।
आन्दोलनरत पक्षले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार लगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू बन्द गराएको प्रहरीले जनाएको छ । बजार बन्द गराउँदै हिँडेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्लाका संयोजक प्रदीप मादेन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार आज पहिचान पक्षले जिल्ला बन्दको घोषणा गरेका कारण ताप्लेजुङका प्रमुख व्यापारिक बजारहरुमा आंशिक प्रभाव परेको छ।
पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर गत कार्तिकदेखि ‘नो केबलकार’ समूह र प्रहरीबीच पटकपटक विवाद र झडप हुँदै आएको छ। गत शनिबार पनि नो केवलकार समूहका आन्दोलनकारीमाथि प्रहरीले अत्याधिक बल प्रयोग गरेको र चारजनालाई घाइते बनाएको विरोधमा आन्दोलनकारी समूहबाट आज ताप्लेजुङ बन्दको आयोजना गरिएको हो।
यसैबीच पाथीभरामा‘नो केबलकार’को आन्दोलन चर्किरहेको अवस्थामा गृहमन्त्री रमेश लेखकले सो क्षेत्रका निर्वाचित सांसदहरूसँग आज छलफलको तयारी गर्नुभएको छ ।
छलफलका लागि गृहमन्त्री लेखकले इलाम पाँचथर ताप्लेजुङ र तेह्रथुमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई मन्त्रालयमा बोलाउनुएको उहाँको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न