+

सस्तियो सुन

काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य कमी आएको छ ।  


अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले घटेर एक लाख ६० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० तोकिएको छ । चाँदी अघिल्लो दिन प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा किनबेच भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै